सर्लाहिमा दुर्घटना एकको मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/06/i_2853.html
सर्लाही,जेठ ३१ ।
पूर्व पश्चिम लोकमार्ग स्थित सर्लाहीको सासापुरमा आज बिहान ट्रकको ठक्करवाट मोटरसाईकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक पत्थरकोट गाविस वडा नम्वर ९ जियाजोरका ६३ वर्षका हरिप्रसाद उप्रेतीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक श्यामल सुब्बाका अनुसार पूर्व जाँदै गरेको वा ४ ख ४९ ५० को ट्रकले पश्चिमतर्फ हिँडेको ना १९ च ४६ ६७ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि गम्भिर घाइते भएका मोटरसाइकल चालक उप्रेतीलाई उपचारका लागि स्थानीय नमुना अस्पतालमा ल्याउँदा ल्याउँदै मृत्यु भएको थियो । बिहान सवा ५ बजे तिर भएको घटना लगत्तै प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !