कांग्रेसले कोइरालाई स्पष्टिकरण सोध्ने

काठमाडौं, जेठ ३०। चितवनमा तरुण दलका तत्कालिन अध्यक्ष शिव पौडेलको हत्यामा जिल्ला सभापति विकास कोइराला दोषी रहेको कांग्रेसले निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले चितवन सभापति कोइरालाको कमजोरीका कारण पौडेलको हत्या भएको निष्कर्ष निकालेको केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिए ।
महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनेको आन्तरिक छानविन समितिको प्रतिवेदनका आधारमा कोइरालालाई दोषी ठहर गरिएको गिरीले बताए ।
‘चितवनका सभापति कोइरालालाई स्पष्टिकरण सोध्ने निर्णय भएको छ,’ उनले भने, ‘चित्तबुझ्दो जवाफ आएन भने निलम्बन लगायतका कारबाही पनि हुनसक्छ ।’ पौडेलेको कारागारमै हत्या भएको थियो ।
वरिष्ठ नेता शेरबहादुर देउवा समूह अनुपस्थित बैठक बुधबार पुनः बस्ने गरी स्थगित भएको छ ।

Related

राष्ट्रिय 6323450348631192877

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item