जेठ २६ अघिनै प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने काङ्ग्रेसको माग

http://sindhulidarpan.blogspot.com/2012/06/i_9983.html
काठमाण्डौ जेठ २० ।
नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीले तत्काल राजिनामा दिएर सहमतिय राजनीतिको सुरुवात गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्म्ेलन गर्दै काङ्ग्रेसले प्रधानमन्त्रीको राजिनामा नआएको खण्डमा यही २६ गते काठमाडौंको खुल्लामञ्चमा हुने बृहत प्रदर्शनबाट आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताएको छ ।
पत्रकार सम्मेलनमा काङ्ग्रेस सभापति कोइरालाले माओवादीको सर्बसत्ताबादी सोचका कारण संविधानसभा विघटन भएको आरोप लगाउनुभयो । लोकतन्त्रवादी दलहरुले देशव्यापारी रुपपमा विरोधका कार्यक्रम सार्वजनिक गर्नुअघि नै राजिनामा दिनु प्रधानमन्त्रीको बुद्विमानी हुने उपसभापति रामचन्द्र पौडेलले बताउनुभयो । राष्ट्रीय सहमति नगरी संविधानसभाको निर्वाचन नहुने काङग्रेसले ठहर गरेको छ । संविधानसभा माओवादीको लक्ष्य नभएर देश कब्जा गर्ने रणानीति भएको सभापति कोइरालाको आरोप छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !