पार्टी एकताको पहल गर्ने जिम्मा श्रेष्ठ र महरालाई

http://sindhulidarpan.blogspot.com/2012/06/i_4405.html
काठमाण्डौ,जेठ २० ।
पार्टी एकताका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनौपचारीक पहल सुरु गर्नु भएको छ । संस्थापन पक्ष र उपाध्यक्ष मोहन वैद्य पक्षबीच चर्किदै गएको विवादलाई हल गर्न पार्टी अध्यक्ष प्रचण्डले आज केही वरिष्ठ नेताहरूसँग छलफल गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा भएको छलफलमा अन्तिम समयसम्म पनि पार्टीलाई एकताबद्ध बनाएर लैजान पहल गरिने र त्यसो हुन नसके वैकल्पिक उपाय खोजेर पनि पार्टीलाई एकढिक्का बनाउन पहल गरिने निष्कर्षमा पुगेको प्रचण्डको निजि सचिवालयले जनाएको छ । आज प्रचण्डले उपाध्यक्ष नारायणकाजी श्रेष्ट र स्थायी समिति सदस्य कृष्णबहादुर महरासँग छलफल गर्नु भएको छ । छलफलमा वैद्यपक्षसँग छलफल गरेर एकताका लागि पहल गर्ने जिम्मा उपाध्यक्ष श्रेष्ठ र सदस्य महरालाई दिइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !