राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल

काठमाण्डौ,जेठ १९ । 
राष्ट्रिय सहमतिको सरकार गठनको बारेको छलफललाई तीब्रता दिनु भएका प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालासँग भेटवार्ता गर्दै हुनुहुन्छ । अहिले केहीबेरमा कोइराला निवास महाराजगन्जमा सुरु हुने भेटमा राष्ट्रिय सहमतिको सरकार गठन र संविधानसभाको नयाँ निर्वाचनको बारेमा छलफल हुने बताइएको छ । 

सरकार बाहिर रहेका दलहरुले सरकारले गरेको संविधानसभाको निर्वाचनको घोषणा अवैधानिक भएकोभन्दै आलोचना र मोर्चाबन्दी गर्न थालेपछि प्रधानमन्त्रीले दलहरुसँगको छलफललाई तीब्रता दिनु भएको हो । प्रधानमन्त्री भट्टराईले हिजो साँझ सरकार गठनको बारेमा एमाले अध्यक्ष झलनाथ खनालसँग भेट तथा कुराकानी गर्नु भएको थियो । 

Related

विविध 484110965359230896

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item