छानबिन समितिले काम सुरु ग¥यो

काठमाण्डौ,जेठ १९ । यसैबीच सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गरी हत्या गरेको घटनाका सम्बन्धमा अनुसन्धान गर्न गठित छानबिन समितिले काम सुरु गरेको जनाएको छ । समितिले घटनाको बारेमा अनुसन्धानलाई तीब्रता दिएको बताए पनि अहिलेसम्म कुनै उपलब्धी हासिल गर्न सकेको छैन ।

 प्रहरी प्रधान कार्यालयले हिजो महानगरी प्रहरी आयुक्त कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । ललितपुर उपमहानगरपालिका शङ्खमूलमा न्यायाधीश बम, उहाँको अङ्गरक्षक प्रहरी सहायक निरीक्षक महेश गिरी र गाडीमा सँगै रहेका राम गिरी समेतलाई नम्बर नखुलेको पल्सर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरी घाइते बनाएकोमा न्यायाधीश बमको उपचारका क्रममा मृत्यु भएको थियो भने अन्य घाइतेको उपचार भइरहेको छ ।


Related

विविध 2763341221480047206

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item