सलमान मेरो गड फादर : कट्रिना

http://sindhulidarpan.blogspot.com/2012/06/s_02.html
सलमान खानको छत्रछायामा बलिउड अभिनेत्री कट्रिना कैफले बलिउडमा तहल्का मच्चाएको कसैबाट लुकेको छैन । सलमानले गरेको उपकारबाट कृतज्ञ बनेकी कट्रिनाले सार्वजनिक समारोहमै सलमानलाई ‘गड फादर’ को संज्ञा दिसकेकी छन् । तर, सलमान भने उल्टै कट्रिनालाई गुरु थाप्ने मुडमा छन् ।
आमिर खानसँग ‘धुम–३’ मा काम गर्न कट्रिनाले जिउडाल कसिलो बनाउने प्रयन्त गरेको देखेपछि सलमान प्रभावित बनेका हुन् । ‘फिगर’ बनाउने कट्रिनाको ‘प्यासन’ देखेपछि उनले ‘एक था टाइगर’ फिल्ममा काम गर्दा कट्रिनाको फिगरमा धक्का नपुगोस् भनेर सचेतना अपनाउने गरेका छन् । ‘एक था टाइगर’ मा कट्रिना र सलमान दुवैले काम गरेका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !