एकै जिल्लामा ११ हजार तेस्रोलिंगी

विराटनगर,  जेठ १९ । विराटनरमा नागरिकताको अधिकारसँगै समलिंगी विवाह गर्न पाउनुपर्ने तेस्रो लिंङगीहरुले माग गरेका छन ।
परिवर्तनशील समाज नामक संस्थामा आवद्ध तेस्रो लिंगीहरुले उक्त माग गरेका हुन । उनीहरुले यौनिक तथा लैङगिक अल्पसंख्यकको समस्या प्रति सवैले वेवास्ता गरेको आरोप लगाए । तेस्रो लिंङगी दुर्गा माझीले आफूहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको गुनासो गरिन । पहाडमा भन्दा तराईमा तेस्रोलिंगीहरु बढी उपेक्षित हुनुपरेको छ उनको नभाई छ ।

तेस्रो लिंगी दिलसा चौधरीले शिक्षा तथा स्वस्थ्य सेवाबाट वन्चित हुनुपरेको र आफूहरु सामाजिक र पारिवारिक विभेदमा पर्नुपरेको वताईन । मोरङमा मात्र ११ हजार तेस्रो लिङगीहरु रहेको समाजको दावी छ ।

Related

विविध 5129750579874076981

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item