एमालेका पूर्व सभासद्लाई निर्देशन

काठमाण्डौ,जेठ १९ । नेकपा एमालेले आफ्ना संविधानसभाका पूर्व सभासद्हरुलाई संविधानसभा विघटन र त्यसपछिको घटनाक्रमबारे अवगत गराएको छ । पार्टीको मुख्यालय बल्खुमा आज आयोजित छलफल कार्यक्रममा एमालेका नेताहरुले पूर्व सभासद्हरुलाई संविधानसभा विघटन हुनुमा एनेकपा माओवादी मुख्य दोषी भएको जानकारी गराएका छन् । 


पार्टी अध्यक्ष झलनाथ खनाललगायत शीर्ष नेताले सभासद्हरुलाई एमालेले सङ्कटकाल लगाएर बचाउने प्रयास गरे पनि एमाओवादीले एकाएक नयाँ निर्वाचनको घोषणा गरेको बताउनुभयो । छलफलपछि एमालेका सचिव तथा संसदीय विभागका प्रमुख शङ्कर पोखरेलले पूर्व सभासद्हरुलाई पार्टीको नीति लिएर गाउँगाउँमा जान आग्रह गर्नुभयो । छलफलमा जनजाति पृष्ठभूमिका कतिपय पूर्व सभासद्को भने उपस्थिति थिएन ।  यससम्बन्धी प्रश्न गर्दा सचिव पोखरेलले प्राविधिक कारणले केही साथीहरु आउन नसके पत्रकारहरुलाई बताउनुभयो ।

Related

राष्ट्रिय 7061957578889226007

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item