यथास्थितिमा निर्वाचन हुन नसक्ने मन्त्रीहरुको स्वीकारोक्ति

http://sindhulidarpan.blogspot.com/2012/06/s_9477.html
काठमाण्डौ,जेठ १९ । भूमिसूधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशीले यथास्थितिमा निर्वाचन हुन नसक्ने स्वीकार गर्नुभएको छ । रिपोर्टर्स क्लबले आज गरेको साक्षात्कारमा मन्त्री जोशीले अहिले देखिएको संवैधानिक जटिलता अन्त्य गरेपछि मात्रै संविधानसभाको निर्वाचन हुन सक्ने बताउनुभयो । उहाँले संवैधानिक जटिलता अन्त्य नगरेसम्म चुनाव हुन नसक्ने बताउनुभयो । मन्त्री जोशीले ठूला दलहरूको अहम्ले गर्दा संविधानसभाको अवसान भएको बताउनुभयो ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्री प्रसाद न्यौपानेले संविधानसभा पनि नरहने र संकटकालमा पनि सहमति बन्न नसकेपछि सरकारले एक मात्र विकल्पको रुपमा निर्वाचनको प्रस्ताव अघि सारेको दाबी गर्नुभयो । उहाँले मुलुकमा सहमतिको विकल्प नभएको भन्दै राजनीतिक सहमति गरेर सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गरेर निर्वाचनमा जानु पर्ने बताउनुभयो ।
सहकारी तथा गरिबी निवारण मन्त्री एकनाथ ढकालले सरकारको चाहना नभए पनि दलहरुबीच सहमति बन्न नसकेकोले चुनाव घोषणा गर्नुपरेको बताउनुभयो । मन्त्री ढकालले सबै दलहरूबीच छलफल गरी मुलुकलाई निकास दिनुपर्नेधारणा राख्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !