दोस्रो राष्ट्रपति कपको उपाधि मन्थली उमाविलाई

उमा केसी,रामेछाप,जेठ १९ । मन्थली उच्च मावि मन्थलीले दोस्रो राष्ट्रपति कपको उपाधि हात पारेको छ । रामेछापको मन्थलीमा आज सम्पन्न खेलमा मन्थलीले ६२ अंक प्राप्त गरेर पहिलो स्थान हासिल गरी उपाधि हात पारेको हो ।  बुधबारबाट रामेछापको सदरमुकाम मन्थलीमा सुरु भएको राष्ट्रपति कप प्रतियोगिताको भलिवलसहित अन्य एथलेक्टीसका खेलहरुमा अग्रता हासिल गर्दै मन्थली उमाविले उपाधि हात पार्न  सफल भएको हो ।

 कपको सर्वाधिक चासोको खेल भलिबलमा मन्थली उमाविले काकलीङ मावि दोरम्बालाई हराएको हो । यसैगरी खेलमा कुल २७ अङ्क ल्याएर नागकन्या मावि मन्थली दोस्रो र१७ अङ्क ल्याएर चण्डेश्वरी उमावि गोठगाउँ तेस्रो भएको छ । प्रतियोगीतामा जिल्लाका विभिन्न २१ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए ।

Related

प्रमूखखबरहरु 138785315898343119

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item