काभ्रेमा जारी पुफा कपमा आज एक मात्र खेल

प्रकाश सुन्दास, काभ्रे,जेठ १९ । काभ्रे जिल्लाकै ठूलो धनराशि भएको पुफा देशव्यापी आमन्त्रण कपमा आज एक मात्र खेल हुनेछ । कृषि भण्डारका रुपमा चिनिएको प्रस्तावित पाँचखाल नगरपालिकामा दिउँसो साढे ३ बजेपछि हुने खेलमा मध्यपुर फुटबल एसोसिएन भक्तपुर र बनेपा व्वाइज क्बलबीच प्रतिस्पर्धा हुनेछ । 

२७ गतेसम्म चल्ने प्रतियोगितामा काभ्रेका ३ र उपत्यकाका ५ गरी ८ वटा फुटबल टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख पाउनेछ भने दोस्रो हुने टिमले ५० हजार नगद र ट्रफि, मेडलका साथै प्रमाणपत्र प्राप्त गर्ने  छ । करिब १६ लाख ७५ हजार खर्च हुने भनिएको प्रतियोगिताको आयोजना पाँचखाल यूनाइटेड फुटबल एसोसिएसन (पुफा) ले गरेको हो । हिजो भएको आयोजक पुफा र नवज्योति युवा क्बल बीचको उद्घाटन खेलमा नवज्योति युवा क्बल विजयी भएको थियो ।  

Related

प्रमूखखबरहरु 5498450881854137321

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item