१८ दलको बैठक सम्पन्न, माओवादी रणनीति विरुद्ध सशक्त भएर लाग्ने

काठमाण्डौ,जेठ १९ । काङ्ग्रेस, एमालेसहित १८ दलको बैठकले सहमतिय सरकारका लागि प्रधानमन्त्री डा बाबुराम भट्टराईले बाटो खुल्ला गर्नुपर्ने निष्कर्ष निकालेको छ । आज एमाले पार्टी मुख्यालय बल्खुमा बसेको बैठकले प्रधानमन्त्री डा बाबुराम भट्टराईले एकलैटी ढङ्गले संविधानसभाको चुनाव गर्ने गरेको निर्णय स्वीकार्य नहुने निष्कर्ष निकालेको हो । 


बैठकमा सहभागी नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले संविधानसभालाई परिणामविहिन बनाएर संवैधानिक शून्यतामा धकेल्ने माओवादी रणनीति विरुद्ध अब १८ वटै दलहरु सशक्त भएर जाने निर्ण भएको सीआईएनलाई जानकारी दिनुभयो । 


दवावमुलक कार्यक्रममा आआफ्ना पार्टीका कार्यकर्ताहरुलाई पनि परिचालन गर्ने निर्णय भएको केसीले बताउनुभयो । दलहरुले सरकार विरुद्ध जेठ २६ गते काठमाण्डू खुल्लामन्चमा संयुक्त रुपमा जन प्रदर्शनसहित आमसभा गर्ने पनि निर्णय गरेका छन् । सबै दलहरुले गरेको प्रस्ताव अनुसार सहमतिय सरकार गठनका लागि छिटो भन्दा छिटो पहल गर्न पनि बैठकले सरकारसँग माग गरेकोछ ।

Related

विविध 8001242889043037524

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item