कविन्द्रजंग थापाको सम्झना छात्रवृत्ति वितरण

 विदुर पौडेल,सिन्धुली,जेठ १९ । 
स्वर्गीय कविन्द्रजंग थापा स्मृति छात्रवृत्ति कोषद्धारा वर्षेनी प्रदान गरिने छात्रवृत्ति यस वर्ष पनि गौमती नमुना उ.मा.वि., माडीबजारका छात्रछात्राहरुलाई बितरण गरिएको छ । विद्यालयका कक्षा ६ देखि १० सम्मका कूल २८ जना छात्रछात्राहरुलाइ जनही रु ५०० का दरले बितरण गरिएको छ । यसरी पुरस्कार पाउने विद्यार्थीहरुमा कक्षा ६,७ र ८ का ४÷४ जना तथा कक्षा ९ का ६ जना तथा कक्षा १० का १० जना गरी कुल २८ जनाको सहभागिता थियो ।

 यसैगरी २०६७ सालको एस.एल.सी.परीक्षामा जिल्ला प्रथम हुने सिद्धस्थली आवासीय उ.मा.वि., माडीबजारका छात्र टिकादत्त पहाडीलाई नगद पुरस्कार रु.२ हजार तथा प्रमाण पत्र वितरण गरिएको थियो । उक्त पुरस्कार वितरण कार्यक्रम स्वर्गीय कविन्द्रजंग थापाका बुबा तथा स्वर्गीय कविन्द्रजंग थापा स्मृति छात्रवृत्ति कोषका अध्यक्ष लाल बहादुर थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रमका सिद्धस्थली आवासीय उ.मा.वि.माडीबजारका प्राचार्य गोकर्णबहादुर थापा, गौमती नमुना उ.मा.वि.माडीबजारका प्रधानाध्यापक दिल बहादुर कटुवालले कार्यक्रमको औचित्य तथा स्वर्गीय कविन्द्रजंग थापाको बारेमा प्रष्ट पार्नुभएको थियो । 

Related

प्रमूखखबरहरु 5273933094638919499

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item