नेपाल अल्पविकसित देशहरुको संयोजकमा चयन

काठमाण्डौ,जेठ १९ । नेपाल जलवायु परिवर्तनसम्बन्धी महासन्धिका लागि अल्पविकसित देशहरुको समूहको संयोजकमा चयन भएको छ । यसअघि सो समूहको संयोजक गाम्बिया रहेको थियो । एसियाबाट सो समूहको संयोजन गर्न नेपालले पाएको यो पहिलो अवसर हो ।
 यसअघि यस क्षेत्रबाट बङ्गलादेशले मात्र संयोजन गर्ने मौका पाएको वातावरण मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले आज राजधानीमा भएको कार्यक्रममा जानकारी दिनुभयो । नेपाल वातावरण पत्रकार समूहले गरेको कार्यक्रममा सचिव ज्ञवालीले नेपालले सन् २०१३ र २०१४ का लागि जलवायु परिवर्तनसम्बन्धी महासन्धिअन्तर्गत अतिकम विकसित मुलुकको प्रतिनिधित्व एवम् वार्ताका लागि गठित समूहको संयोजन गर्ने बताउनुभयो । जर्मनीको बोनमा यही जेठ ११ गते समूहको बैठकले नेपाललाई संयोजन गर्ने जिम्मेवारी तोकेको थियो । बङ्गलादेशले उम्मेदवारी फिर्ता लिएपछि नेपाल सर्वसम्मतरुपमा समूहको संयोजकमा चयन भएको हो । अहिले योे समूहमा ४८ देश रहेका छन् ।


Related

राष्ट्रिय 5528481338977252986

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item