वैद्य पक्षले असार १ गते राष्ट्रिय भेला गर्ने

http://sindhulidarpan.blogspot.com/2012/06/s_9870.html
काठमाण्डौ,जेठ १९ । एकीकृत नेकपा माओवादीको असन्तुष्ट वैद्य पक्षले आउने असार १ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार नयाँ पार्टी गठनबारे भेला केन्द्रीत हुने भएको छ । भेलाले गर्ने निर्णयका आधारमा थप नयाँ रणनीति बनाइने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
वैद्य पक्षले सर्वपक्षीय गोलमेच सम्मेलन गरी नयाँ संविधान निर्माण र सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने धारणा पनि सार्वजनिक गरेको छ । पत्रकारमा सम्मेलनमा उपाध्यक्ष मोहन वैद्यले छलफलका क्रममा जे पनि गर्न आफू तयार रहेको वचन दिने तर, कार्यान्वयन गर्न कुनै वास्ता नगर्ने अध्यक्षको कार्यशैलीले गर्दा पार्टी सैद्धान्तिक आधारमा टिक्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले तत्काल पार्टी विघटन भइहाल्ने अवस्था नरहे पनि अध्यक्षलगायतको कार्यशैलीप्रति आफूहरूको विमति रहेको बताउनुभयो । पार्टी केन्द्रीय समितिको बैठक चलिरहँदा वैद्य पक्षका केन्द्रीय नेताहरूले अलग्गै पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको हो ।
यसैबीच पार्टीभित्रको विवाद, संविधानसभाको विघटन, आगामी रणनीतिको बारेमा छलफल गर्न अहिले एकीकृत नेकपा माओवादी संस्थापन पक्षको बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा चलिरहेको छ । बैठक हिजो केहीबेर बसेर स्थगित भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !