बिपि राजमार्गले खुर्कोट बजारमा चहलपहल बढ्यो,बृद्धहरुलाई रोजगारी

http://sindhulidarpan.blogspot.com/2012/06/s_6130.html
उमा पौडेल,सिन्धुली,जेठ १९ । जापान सरकारको आर्थिक सहयोगमा निर्माणाधिन बिपि राजमार्गको ३७ किलोमिटर लामो खुर्कोट नेपालथोक तेस्रोे खण्ड निर्माणसँगै खुर्कोट बजारमा चहलपहल बढेको छ । सुनकोशी नदीको किनारामा अवस्थित खुर्कोट बजारमा राजमार्गको निर्माणले ब्यापार ब्यवसाय बृद्धि हुनुका साथै स्थानीय बेरोजगार ब्यक्तिले समेत रोजगारी पाएको स्थानीय बासिन्दाको भनाइ छ ।
उनीहरुका अनुसार सुस्ताएको खुर्कोट बजारमा चहलपहल बढेपछि रोजगारी र व्यापार पनि बढेको छ । ५० बर्ष नाघेका एक दर्जन बृद्ध ब्यक्ति समेत राजमार्ग निर्माणसँगै रोजगारीको अवसर पाएका छन् । खुर्कोट बजार भएर नै मध्यपहाडि लोकमार्गको खुर्कोट घुर्मी सडक पनि निर्माण भइरहेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !