साढेले हानेर सलार्हीमा एक महिला गम्भिर घाइते

http://sindhulidarpan.blogspot.com/2012/06/s_3601.html
सुरेश बिडारी,सर्लाही,जेठ १९ । सर्लाहीको लालबन्दीमा रहेको उष्ण प्रदेशीय वागवानी केन्द्रमा निलगाईको साँढेले हानेर एक महिलालाई गम्भिर घाइते बनाएको छ । बस्तीपुर –६ चन्द्रनगर बस्ने ४५ बर्षिय सीतामाया गौतमलाई निलगाईको साँढेले हानेर गम्भिर घाइते बनाएको हो ।
वागवानी केन्द्रमा घाँस काट्न जानुभएकी गौतमलाई बिहान साढे ८ बजेको समयमा निलगाईले हानेर गम्भिर घाइते बनाएको स्थानीय इश्वर धमलाले जानकारी दिनुभयो । गम्भिर घाइते गौतमलाई मोडल अस्पताल लालबन्दीमा सामान्य उपचार पछि थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !