फोटो सहितको मतदाता नामावलीको तथ्याङक सार्वजनिक

डोटी,जेठ १९ । जिल्ला निर्वाचन कार्यलय डोटीले फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रमको तथ्याङ्क सार्वजनिक गरेको छ । २०६८ साल माघ ६ गते देखि २०६९ जेठ १४ गते सम्म फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका ७५ हजार ९३ जनाको तथ्याङक पत्रकार सम्मेलनगरि सार्वजनिक गरेको हो । 


जिल्ला निर्वाचन कार्यालयद्धारा सार्वजनिक गरिएको तथ्याङक अनुसार २०६८ साल माघ ६ गतेदेखि जेठ १४ गते सम्म दुईटै निर्वाचन क्षेत्र नं.बाट १३० जना र पहिले नाम दर्ता गराएका क्षेत्र नं. १ मा ४० हजार ६ सय ४९  र क्षेत्र नं. २ बाट ३४ हजार ३ सय १४  जना  गरि ७५ हजार ९३ जनाले फोटो सहित को नामावलीमा आफ्नो नाम दर्ता गरेका छन् ।





Related

विविध 1455822995961684875

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item