बेरोजगार व्यक्तिले जाने अल्लो प्रशोधन गर्ने तरिका

http://sindhulidarpan.blogspot.com/2012/06/s_7583.html
नविन श्रेष्ठ,सिन्धुली,जेठ २० ।
सिन्धुली जिल्लाको महाभारत जङ्गलमा त्यसैखेर जाने बनस्पति अल्लो अब भने सदुपयोग हुने भएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय सिन्धुलीले त्यसक्षेत्रका बेरोजगार व्यक्तिहरुलाई तालिम दिएपछि उक्त बनस्पति सदुपयोगमा आउन लागेको बताईएको छ । अल्लोबाट कपडा उत्पादन गरी आम्दानी लिन सकिने भएपनि सिपको अभावमा उक्त बनस्पति खेर गई रहेको थियो ।
त्यस क्षेत्रको महादेवडाँडा गाविसमा त्यस क्षेत्रका २० जना बेरोजगार व्यक्तिलाई पुस १० गतदेखि चैत ८ गतेसम्म तीन महिने अल्लो प्रशोधन तालिम दिएपछि उनीहरु व्यवसाय गर्ने तयारीमा जुटेका बरिष्ठ उद्योग अधिकृत गोकर्णराज जोसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सुरुमा २० जना सहभागि भएकोमा १८ जनाले तालिम पुरा गरे । तालिम पुरा गरेका मध्येपनि १६ जनाले राष्ट्रिय सिप परिक्षण समितिले लिएको परिक्षा पास भएका छन् ।’
तालिम प्राप्त जनसक्तिहरुले अब अल्लोबाट कपडा उत्पादन गर्ने व्यसाय सुरु गर्ने बताएपछि तालिममा प्रयोग गरिएका प्रशोधन मेशिनहरु उनीहरुलाई नै निःशुल्क उपलब्ध गराईएको समेत उहाँले बताउनुभयो ।
अल्लोका सिजन सुरु हुने लागेकोले अल्लो उत्पादनसँगै उनीहरुले व्यसाय गर्ने भएका उक्त कार्यालयले जनाएको छ । त्यसक्षेत्रका महादेवडाँडा, बाहुनतिल्पुङ्, पोखरी, खोलागाँउ, तोश्रामखोला लगायतका गाविसमा अल्लो प्रशस्तमात्रामा उत्पादन हुदै आएको स्थानीय बासिन्दाको भनाई छ ।
अल्लाबाट उत्पादित कपडा मँहगोमूल्यमा बिक्रि हुने भएपनि सिप नहुदा अल्लोलाई सुकाएर गाँई भैंसिलाई घाँसको रुपमा स्थानीय बासिन्दाले खुवाउने गरेका महाँदेवडाँडा निवासी खड्गबहादुर सुनुवारले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !