सिन्धुलीमा माओवादीको जनस्वयमसेवक संघ गठन

http://sindhulidarpan.blogspot.com/2012/06/s_104.html
उज्वल राज गिरी,सिन्धुली,जेष्ठ २० । सिन्धुलीमा शुक्रवार भएको जनस्वयम्सेवकहरुको भेलाले माओवादीको जन स्वयम्सेवक संघ गठन गरेको छ । भेलाले जयप्रसाद न्यौपानेको संयोजकत्वमा २७ सदस्सिय संघ गठन गरेको छ ।
भेलाले आगामी असार मसान्तसम्ममा जिल्लाका सबै गाविसहरुमा जनस्वयम्सेवक दस्ता निर्माण गर्ने तथा साउन मसान्तसम्ममा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको संयोजक न्यौपानेले बताउनु भयो । भेलामा माओवादीका सिन्धुली जिल्ला इञ्चार्ज गिता गुरुङ्, सेक्रेटरी विनोद दाहाल, माओवादीको राज्य समितिका सदस्य डम्बर कार्की, सहिद परिवार समाज सिन्धुलीकी निमा देवकोटा लगायतले बोल्नु भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !