प्रधानमन्त्री भट्टराई धुलिखेलमा

http://sindhulidarpan.blogspot.com/2012/06/i_02.html
काठमाडौं, जेठ २० । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई धुलिखेल आरामका लागि पुग्नु भएको छ । अंगरक्षक र केही सहयोगीका साथ भट्टराई काभ्रेको मनोरम स्थल धुलिखेल पुग्नु भएको हो । धुलिखेलस्थित एक रिसोर्टमा भट्टराईको टोली बसेको छ ।
तनाव र थकानमा रहेका प्रधानमन्त्री भट्टराई आरामका लागि धुलिखेल गएको स्रोतले जनाएको छ । कांग्रेस, एमाले लगायतका दलहरुले भट्टराई विरुद्ध आन्दोलन शुरु गरेपछि तनावमा परेका भट्टराईले सो क्रममा रणनीति समेत बनाउने बुझिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि आरामका लागि भन्दै यस अघि विभिन्न रिसोर्टहरुमा गएर बस्ने गर्दै आउनु भएको छ ।
.jpg)
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !