मृतकका परिवारलाई सहयोग

http://sindhulidarpan.blogspot.com/2012/06/s_8895.html
खडानन्द तिमल्सिना,सिन्धुली, जेठ २० ।
यस आर्थिक वर्षमा असामयिक निधन भएका दुई परिवारका शेयर सदस्यलाई सदस्य हितकोषको रकमवाट मिलान गरिनेगरि सो रमक खर्च गरिएको हो । संस्थामा हरेक वर्ष शेयर सदस्यले पाउने शेयर लाभाशंवाट प्रति सदस्य रु. पचासका दरले संकलन गरि सदस्य हित कोषमा राखिने व्यवस्था रहेको छ ।
सिन्धुलीको कमलामाई नगरपालीका वडा नं ६ धुरावजारमा संचालित सिन्धु वचत तथा ऋण सहकारी संस्थाले स्व. राम वहादुर थापा र दिपक कुमार श्रेष्ठको परिवारलाई जनही दश हजार दश रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । सिन्धु वचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य भएकाले संस्थाको नियम अनुसार मृतकका परिवार भगवति श्रेष्ठ , र तारादेवी थापा लाई सहयोग रकम उपलव्ध गराईएको हो ।

जुन रकम सदस्यहरुको घर परिवारमा आकस्मीक दुर्घटना भएमा नगद विस हजारसम्म आकस्मिक रकम छोटो समयका लागी विना व्याज रकम उपलव्ध गराउने र सदस्यकै देहावसान भएमा आश्रित परिवारलाई रु. दश हजार दश रुपैयाँ आर्थिक सहयोग गर्ने नियम रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !