एमाले पोलिटब्यूरो बैठक बस्दै

http://sindhulidarpan.blogspot.com/2012/06/i_2656.html
काठमाण्डौ,जेठ २० । नेकपा एमाले पोलिटब्यूरो बैठक आज पनि बस्दै छ । पार्टीभित्रको देखिएको विभिन्न विवाद र समसामयिक राजनीतिक परिस्थितिबारे धारणा तयार पार्न पोलिटब्यूरो बैठक हिजोदेखि सुरु भएको हो । बैठकमा सदस्यहरूले आप्mनो धारणा राख्ने क्रम बाँकी रहेकोले आज पनि जारी रहने एमालेले जनाएको छ । बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय बल्खुमा बस्ने छ ।
यसैबीच पहिचानको मुद्दामा पार्टीले गम्भीरता नदेखाएको भन्दै आदिवासी जनजाति तथा मधेसी पृष्ठभूमिका नेताहरू भने पोलिटब्युरो बैठकमा सहभागी भएनन् । पोलिटब्युरोको बैठकमा उपाध्यक्ष अशोक राई, पोलिटब्युरो सदस्यहरू पृथ्वी सुब्बा गुरुङ, रामचन्द्र झा तथा विजय सुब्बालगायतका नेताहरू अनुपस्थित रहनुभएको छ । जातीय पहिचानका आधारमा सङ्घीयतामा जान आफ्नो पार्टी तयार नभएकोले संविधानसभा नै भङ्ग हुनपुगेको उनीहरूको आरोप छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !