कोरियाद्धारा श्रम सम्झौता नविकरण



काठमाडौँ,साउन ४ । 

सरकार र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) थप दुई वर्षका लागि नवीकरण भएको छ ।  उक्त प्रणालीअन्तर्गत नेपाली कामदारलाई रोजगारीका अवसर दिने कोरिया सरकारको नीतिअनुरुप सन् २०१० मा भएको पछिल्लो सम्झौताको अवधि गत पुसमा समाप्त भएपछि तीन–तीन महिना गरी दुईपटक सोलले उक्त सम्झौताको म्याद थप गरेको थियो ।

 गत मङ्गलबार सम्झौताको अवधि सकिएपछि कोरियाले एकैपटक दुईवर्षका लागि सम्झौताको अवधि वृद्धि गरेको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले जानकारी दिए ।
 श्रम सम्झौताको अवधि समाप्त हुनु केही दिनअघि कोरियाली सरकारले त्यसलाई थप दुई वर्षका निम्ति नवीकरण गरेको जानकारी परराष्ट्र मन्त्रालयमार्फत श्रम तथा रोजगार मन्त्रालयलाई प्राप्त भएको उनले उल्लेख गरे । 
 सन् २००७ मा नेपाल र कोरियाबीच पहिलोपटक श्रम सम्झौता भएको थियो । हाल कोरियामा करिब १४ हजार नेपाली कार्यरत छन् ।  कोरिया नेपाली कामदारका लागि सुरक्षित गन्तव्यको रुपमा रहेको तथा अन्य मुलुकको तुलनामा उनीहरूले त्यहाँ आकर्षक पारिश्रमिक र सुविधा प्राप्त गर्दै आएकाले त्यता जान चाहने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

 गत वर्ष लिइएको कोरियाली भाषा परीक्षामा उत्तीर्ण भएका झण्डै नौ हजार नेपाली कोरिया जाने तयारीमा रहेका जानकारी दिँदै प्रवक्ता खड्काले चालु आर्थिक वर्षको अन्त्यमा पुनः भाषा परीक्षा सञ्चालन हुने बताए । 
 कामप्रति इमानदार, लगनशीलतालगायत गुणका कारण नेपाली श्रमिकलाई कोरियाले प्राथमिकता दिँदै आएको छ । इपिएस प्रणालीको निरन्तरता त्यसैको परिणाम हो ।

Related

प्रमूखखबरहरु 352749208222006986

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item