एनआरएनए साउदीले गर्यो ४ महिलाको उद्धार

http://sindhulidarpan.blogspot.com/2012/07/saudi.html
साउदी: घरेलु कामदारका रूपमा साउदी अरब आएर दुख पाएर नेपाली दूतावास रियादको शरणमा पुग्ने मध्ये थप ४ जना महिलाहरूलाई एनआरएनए साउदी अरबले आफ्नो नेपाली महिला उद्धार कोषबाट हवाई टिकट उपलब्ध गराउंदै स्वदेश फिर्तिमा सघाउ पुर्याएको छ ।
यी ४ महिलाको हवाई टिकट खरिद गर्न जनही ८१० का दरले कूल ३,२४० साउदी रियाल कोषबाट निकासा गरिएको छ । १९ जुलाईमा नेपाल पुगेका यी ४ जना सहित अब यस कोषबाट उद्धार गरिनेको संख्या २२ पुगेको छ ।
नेपाली दूतावास रियादले महिला उद्धारमा बिगत केही महिनामा अवलम्बन गरेको ‘दलाल केन्द्रित’ नीति अनुरूप लामो समयसम्म महिला बेच्ने दलालहरूबाटै धेरैको हवाई टिकट जुटाउंदै आएको थियो, कतिको रोजगारदाता (साउदी मालिकबाट) र केही पीडित आंफैले पनि हवाई टिकटको खर्च ब्यवस्थापन गैर्दै आएका थिए । हाल नेपाली दूतावासको शरणमा पुग्ने हर कोही नेपाली महिलाहरूलाई दूतावासको ढोका (प्रबेशद्वार) मै “तिमिलाई बेच्ने दलाल को हो?” भनि सोधिन्छ र रजिष्टरमा दलालको नाम, ठेगाना, सम्पर्क नम्बर सबै टिपोट पनि गरिन्छ ।
यसपटक उद्धार गरिएका चारै जना पीडित महिलाहरूसंग एनआरएनए एनसिसी साउदी अरबकी महिला प्रतिनिधी (सदस्य) तथा महिला उद्धार कोष सञ्चालक समितिकी सदस्य श्रीमति कुमारी सुनारी मगरले दूतावासमै पुगेर भेटवार्ता गर्नुभएको थियो । वहांबाटै प्राप्त संक्षिप्त टिपोट यस प्रकार छः
(१) अनिता चौधरी, बर्षः ३४, धकदैया-७, नवलपरासी
पांच महिना अघि सुनौलीको बाटो हुंदै बम्बईबाट रियाद आएकी, पठाउने एजेन्ट बतनिया रूपन्देहीका डा. चौधरी, मानसिक सन्तुलन केही गुमाइसकेकीले थप जानकारी दिन सकिनन ।
(२) अस्मिता सार्की, बर्षः २७, गाइघाट-८, उदयपुर
एक महिन अघि दिल्ली र बम्बई हुंदै रियाद आएकी, पठाउने एजेन्टस् अशोक मगर, नेपालगञ्ज, मोबाइलः ९८०५३२७५९८ / ८४३७५६०८९९ र रूपक राई, दुहबी, खान बस्नको समस्या र कुटपिट सहन नसकी भागेर दूतावास आइपुगेको ।
(३) चन्द्रकला भण्डारी, बर्षः ४२, उर्लाबारी-४, मोरङ
चार बर्ष अघि साउदी अरब आएको तर चार बर्ष काम गरेको कुनै तलब प्राप्त नगरेको र रित्तो हात स्वदेश फर्किन शुरूमा अनिच्छा गरेता पनि जेद्धामा रहेको यिनको साउदी मालिकले उल्टै यिनीबाट क्षतिपुर्ति दावी गरेकाले तलब पाउन / दिलाउन नसकेको, महामहिम राजदूतज्यु स्वयमले नेपालमा यिनका छोरासंग फोनवार्ता गरेपछि आमा छोरा दुबै नेपाल फर्किन मञ्जुर भएको । यिनको पनि मानसिक अवस्था केही असन्तुलित रहेकाले दलालको नाम पनि बताउन नसकेको ।
(४) सितामाया तामाङ, बर्षः ४७, भण्डारा-९, चितवन
तिन बर्ष अघि सुनौलीको बाटो हुंदै दिल्लीबाट रियाद आएकी, पठाउने एजेण्टः बिष्णु थापा, पाल्पा र हरिमाया सिञ्जाली, चरंगे, बुटवल । ३ बर्ष काम गरेको सबै तलब प्राप्त भएको तर लोकल म्यानपावरले इकामा नबनाइदिनाले दूतावासको शरण पर्न बाद्य भएको । तिन वर्षको अवधिभर बिभिन्न ३ वटा साउदीको घरमा काम गरेको ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !