नेपाली फिल्महरू त बर्बादै भएछन् नी !

http://sindhulidarpan.blogspot.com/2012/07/film_19.html
निराजन शिरिष,काठमाण्डौ ।
हुँदा हुँदा नेपाली फिल्महरू साँच्चीकै निम्नकोटीका नै बन्न थालेका हुन त ? मानिसहरूका टिकाटिप्पणीहरूले त्यस्तै संकेत गरिरहेका छन् । हुन त म अनभिज्ञ छु नेपाली फिल्महरू ब्लु फिल्म जस्ता बन्न थाले भन्ने उनीहरू ती फिल्म साँच्चीकै आफूले हेर्दछन कि हेर्दैनन् ? तर विभिन्न सामाजिक सञ्जालहरूमा सार्वजनिक रूपमै चलचित्रका लेखक, निर्देशक अनि नायक नायिकाको दोहोलो काढिएका टिप्पणीहरू पढ्दा यस्तो लाग्छ, लौ अब यी फिल्महरूले पानी पनि भन्न नपाउने भए । तर जब फिल्महरू रिलिज हुन्छन तिनले राम्रो दाम हात पार्छन् । कुरो अलि विरोधाभाषपूर्ण नै छ यो । म अचम्ममा परेको छु । एक ताका एउटा फिल्म खुब चल्यो । लुट । दशककै उत्कृष्ट चलचित्र भनियो । मेकिङ र अर्निङका दृष्टिकोणले, परन्तु फिल्ममा राखिएका संवादहरू अश्लिल भए भनेर खुबै उछितो काडियो । तरपनि मानिसहरूले फिल्म हेर्न छाडेनन । म स्वयंले ४ पटक फिल्म हेरेँ ।
त्यस्तै एउटा हाम्रो संस्कारमा पच्दै नपच्ने सिन राखिएको भन्दै ट्रेलर आएपछि खुबै विवादमा तानिएको चलचित्र चपलीहाइटका बारेमा पनि विशेष टिकाटिप्पणी गरे मानिसहरूले । हेर्नै नहुने, निम्नकोटीको, हिन्दी सी ग्रेडभन्दा पनि खत्तम, ब्लु फिल्म जसतो आदिर्इत्यादि भनिए । तर फिल्म फ्लप हैन सुपरडुपर हिट भयो । त्यसपछि अरू फिल्महरू पनि चले - द लास्ट किस, नाइट क्वीन ब्ला ब्ला ....! तर फिल्महरू कसैको लगानी डुबेन फेरि ! अचम्मै भो । हालसालै रिलिज भएको रैछ एउटा अर्को नेपाली फिल्म । 'लक' रे । नाम अङ्ग्रेजी मै भएपनि फिल्म चाँहि यो पनि नेपाली नै परेछ द लास्ट किस, नाइट क्वीन जस्तै । अचम्मको कुरा त यसको एउटा गीत सार्है विवादमा तानिएको छ, विशेषगरी युवाहरू माझ यो अलि आलोचनाको चर्को घेरामा परेको छ । यो फिल्मका केहि दृश्यहरू युट्युबमा पनि राखिएका रहेछन् । युट्युवमा राखिएको भिडियोमा दर्शकहरूले गरेको कमेन्ट तल हेर्नुहोला एकपटक - (केहि शब्दहरू अलि अपाच्य नै छन हैं ।)
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !