नयाँ चुनाव बैशाखमाः सिटौला

http://sindhulidarpan.blogspot.com/2012/07/election.html
धनकुटा, असार २८ । कांगे्रस महामन्त्री कृष्णप्रसाद सिटौलाले नयाँ चुनाव आगामी बैशाखमा हुने भन्दै सोही मितिलाई ध्यानमा राखेर तयारी गर्न भातृ संगठन र मातहतलाई निर्देशन दिएका छन् ।
‘मंसिर–७ गते कुनैपनि हालतमा निर्वाचन हुन सक्दैन,’ उहाँले भन्नुभयो , ‘नयाँ निर्वाचन बैशाखमा हुने भएकाले त्यसलाई केन्द्रमा राखेर तयारी गर्नुस् ।’
नेपाल पे्रस युनियनले आज धनकुटामा आयोजना गरेको कार्यक्रममा सिटौलाले बैशाखलाई केन्द्रमा राखेर कांग्रेस चुनावको तयारीमा जुटेको बताउनुभयो । ‘सहमति भएपनि नभएपनि बैशाखमा चुनाव हुन्छ,’ उहाँले भन्नुभयो , ‘कामचालउ सरकारले घोषणा गरेको निर्वाचन बैधानिक छैन ।’
उहाँले लोकतन्त्र बचाउनका लागि पनि बैशाखमा आवधिक निर्वाचन गर्नु पर्ने बताउनुभयो । कांगे्रस नेतृत्वले मात्रै संविधान र निर्वाचन गराउन सक्ने स्पष्टपारेका महामन्त्री सिटौलाले पार्टी भित्रको आन्तरिक बिवाद, सैद्धान्तिक नभएको दाबी गरे । उहाँले भन्नुभयो, ‘समस्याको समाधान सहजै हुन्छ ।’
विदेशी शक्तिहरुले नेपाली पे्रसमा गरेको पीडा र दबावलाई कांगे्रसले बुझेको उल्लेख गरेका सिटौलाले लोकतन्त्र स्थापित भए मात्रै पत्रकारिता क्षेत्र सुरक्षित रहने बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !