माओवादी पार्टी फुटेसँगै कार्यकर्ता तितरवितर

ताप्लेजुङ,असार २८ ।
एकीकृत नेकपा माओवादी फुटेसँगै ताप्लेजुङमा माओवादी कार्यकर्ता पार्टी त्यागेर आरु पार्टी प्रवेस गर्नेको संख्या बढेको छ । पार्टीमा अन्तर विरोध बढेको र पार्टीको स्पष्ट कार्य दिशा नभएको भन्दै  माओवादीका अखिल नेपाल शिक्षक संगठन –एन्टोका जिल्ला कमिटी सदस्य खड्ग  केदेम, माआवादी एरिया कमिटी सदस्य पेम्वा शेर्पा माओवादीका दलित उत्थान समितिका जिल्ला कमिटी सदस्य एव्म फुङलिङ गाउ कमिटी सदस्य प्रेम लाल विकले माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

 उनीहरुले माओवादी पार्टीको धारणा राम्रो भएपनि अहिलेका नेता र कार्यकर्ता खराब भएको आरोप समेत लगाएका छन् । एमाले ताप्लेजुङका अध्यक्ष तिलकुमार मेन्याङवोका अनुसार उनीरहरु स्वेक्षिक रुपमा एमालेमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेलाई पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अविर लगाई जिल्ला कमिटीले स्वागत गरेको थियो ।

Related

विविध 8811310286898039889

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item