सेती नदीमा भीषण बाढी

काठमाण्डौ,असार २८ ।
गएरातिको भीषण वर्षासँगै सेती नदीमा आएको बाढीले पोखराको २५ घर विस्थापित गरेको छ ।  घर डुबानमा परेपछि बाढीमा फसेका २९ जनालाई प्रहरीले उद्धार गरेको छ । राति साढे १ बजे प्रहरीले डुङ्गाको प्रयोग गरी उनीहरूलाई सुरक्षित स्थानमा सारेको थियो । नदी थुनिएर रामघाटमा ताल बनेपछि घरहरू डुबानमा परेका हुन् । बाढीबाट पोखराको याम्दीमा पनि चार घर परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्र पौडेलले बताउनुभयो । अहिलेसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

Related

विविध 8069335541544420797

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item