रामेछापका किसान गोठेमलतर्फ आकर्षित

उमा केसी, रामेछाप,असार २८ ।
रामेछापका किसान गोठेमलतर्फ आकर्षित भएका छन् । घरमै पालिएका पशुबाट संकलित गोठेमल र मुत्र संकलन गरी खेत तथा पाखो बारिका लागि संकलन गरेर किसानहरुले गोठेमलको प्रयोगमा सचेत भएका छन् । स्थानिय किसानहरुको जामिनमा बढी मात्रामा रासायनिक मलको प्रयोग गर्दे जादा जमिनको उर्वरा शक्तीमा ह्रास आउन थालेपछि दिगो भुव्यवस्थापन कार्यक्रम पुल्चोकले रामेछापका विभिन्न संस्थाहरु छनौट गरी कार्यक्रम संचालन गरेको छ । संस्थाले जिल्लाको फुलासी, डडुवा, टोकरपुर, दोरम्वा, रस्नालु, देउराली र ओख्रेनीलगायतका गाविसहरुलाई समेटी  ति गाविसहरुमा कार्यक्रम सुरु गरेको हो । 

यसरी कार्यक्रम लागु भएका गाविसहरुमा किसानहरुको समूह गठन गरी गोठेमलबाट हुने फाइदाका बारेमा विभिन्न तालिमहरु दिएपछि किसानहरुले रासायनिक मल कटौती गरी गोठेमलको प्रयोग गर्न थालेका छन् । कार्यक्रम लागु भएपश्चात स्थानिय किसानहरुले वस्तुहरुको मल प्रयोग गरेता पनि त्यसै खेर जाने वस्तुहरुको मुत्र संकलन गरी खेतवारीमा लगाइएका तरकारी वारीहरुमा प्रयोग गर्न हुन्छ भन्ने जानकारी नहुदा वस्तुको मुत्र त्यसै खेर जाने गरेको थियो । त्यसैगरी वस्तुहरुको मललाई व्यवस्थीत किसिमले भकारो वनाई छहारी हाली घाम र पानीबाट जोगाउने र मल पाकेपछि खेतवारीमा लगेर छर्ने वित्तिकै पुर्नु पर्छ भन्ने जानकारी किसानलाई थिएन त्यो जानकारी पाएपछि प्रयोग गर्न थालेपछि एकाएक उर्वरा शक्तीमा वृद्धि भएको स्थानीय किसान धननारायण श्रेष्ठले  बताउनुभयो ।

Related

प्रमूखखबरहरु 5458068356219591275

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item