भट्टी पसल प्रहरीद्वारा नष्ट


रौतहट,असार २८ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको गस्ती टोलीले जिल्लाको बसतपट्टी–३, भेडियाहीमा अवैद्य रुपमा संचालित भट्टी नष्ट गरेको छ । सुराकीको आधारमा प्रहरीले बसतपट्टी ३ निवासी भगवान साह कलवारले संचालन गरेको भट्टीबाट २ सय लिटर कच्चा पदार्थ, ड्रम र मदिरा बनाउने मेसिन बरामद गरेको छ भने सोही गाउँका हरिचन्द्र साह कलवारले संचालन गरेको भट्टीबाट ४ हजार ४ सय लिटर लिटर कच्चा मदिरा, ड्रमलगायतको उपकरण बरामद गरेको छ । त्यसैगरी सर्फलाल पटेलले संचालन गरेको अवैद्य मदिरा भट्टीबाट ३ सय लिटर कच्चा पदार्थ, मदिरा बनाउने मेसिनलगायत बरामद गरेको छ । बरामद गरेको सामानको मुल्य करिब ५ लाख ४५ हजार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Related

विविध 5863718909196375874

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item