प्रहरीको हतियार गायब


पर्सा,  असार २८ । जिल्ला प्रहरी कार्यालय पर्साबाट एक थान अत्याधुनिक हतियार गायब भएको छ । बुधबार बेलुकी  प्रहरी जवान डम्बरबहादुर माझीले बुझेको म्याग्जीन सहितको एसएलआर राइफल हराएको हो । राइफल बुझेर डयुटीमा खट्टिएका माझी गएराति रित्तैहात कार्यालयमा हाजिर भएपछि हतियार हराएको खुलेको थियो ।
माझीलाई प्रहरीले हिरासतमा राखेको छ । माझी कुन स्थानमा डयुटीमा खट्टिएका समयमा हतियार हराएको हो सो बारेमा पर्सा प्रहरीले केही खुलाएको छैन । ‘राइफल खोजी कार्य र अनुसन्धान शुरु गरेका छौं,’ पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले, भने, ‘धेरै हतियार भएको ठाउँमा साटिएको पनि हुन सक्छ ।’
पर्सा प्रहरीमा साना ठूला गरि करिब तीन सय हतियार छन् । प्रहरी जवान माझीले एसएलआर राइफल हतियारका कारोबारीलाई बेचेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । २० दिन पहिला पनि पर्सा प्रहरीबाट एसएलआर राइफलको ४५ राउण्ड गोली हराएका थिए । गोली  हराएको आरोपमा जवान वीरचन्द यादव प्रहरी हिरासतमा  छन् ।

Related

विविध 4302639421607023277

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item