सर्लाहीको मलंगवामा दलित छात्रावास बन्ने

http://sindhulidarpan.blogspot.com/2012/07/news_3929.html
सर्लाही,असार २८ ।
सर्लाहीको सदरमुकाम मलंगवामा दलित छात्रावास बन्ने भएको छ । जिल्ला विकास समितिको आर्थिक सहयोगमा दलित वर्ग उत्थान जिल्ला समन्वय समितिले मलंगवा नगरपालिका २ मा निर्माण गर्न लागेको दलित छात्रावासको आज बिहान एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी ऋषीराम ढकालले शिलान्यास गर्नु भएको हो । स्थानीय रामकविर मठका महन्थ एवं संरक्षक बाबा राम नारायण दास वैरागीले प्रदान गर्नु भएको दुई कठ्ठा जमिनमा जिल्ला विकास समितिबाट विनियोजित ४ लाख ८८ हजार रुपैयाँको लागतमा चार कोठे पक्की छात्रावास भवन निर्माण गर्न लागिएको नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष रामनरेश मण्डलले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !