शुट वौद्धिक चलचित्र हो:निर्देशक घिमिरे

http://sindhulidarpan.blogspot.com/2012/07/film-shoot.html
- सिन्धुलीका फिल्म निर्देशक विश्वदिप घिमिरे अहिल्य चलचित्र शुटको छायाँकनमा व्यस्त हुनुहुन्छ । को हुँ म घिमिरेले निर्देशन गर्नुभएको पहिलो चलचित्र हो भने छायाँकन भईरहेको शुट दोश्रो चलचित्र हो ।
![]() |
विश्वदिप घिमिरे |
घिमिरेको भनाई छ, "छायाँकन भईरहेको चलचित्र शुटले नेपाली फिल्मको ट्रेन्ड परिवर्तन गर्नेछ अर्थात अश्लिल चलचित्रलाई शुट गर्ने छ र वौद्धिक,सामाजिक यर्थाथलाई प्रश्टाउनेछ ।"
त्यसो हो भने कस्तो छ त चलचित्र शुटको कथावस्तु ?
वैद्धिक काम नै राम हुन्छ , भौतिक मारकाट क्षणिक मात्रै हुन्छ , दिमाखवाट गरिने सुट वलियो हुन्छ भन्ने उदेश्य वोकेको फिल्म हो यो ।
यो फिल्ममा चै लामा किससिन तथा विप लगाउनुपर्ने शव्द छ कि छैन ?
यो त्यस्तो फिल्म विल्कुनै हैन ।
नेपाली फिल्ममा त छाडा वोलिएन र हटसिन दिन सकिएन भने त फिल्म चल्दैन भन्निछनी ?
त्यस्ता चलचित्रलाई म चै चलचित्र हो भनेर भन्दिन, त्यो समाजको विकृती हो । सेक्स मनोविज्ञानमा आधारित चपली हाईट आयो , त्यस्ता चलचित्र राम्रा चल्दारैछन भनेर पहिल्य कोठे फिल्म तिर निर्माता निर्देशकको ध्यान गईरहेको छ । अहिल्य चलचित्र भनिएर समाजमा छाएका मात्र हुन् त्यस्ता चलचित्र सुटसगँ तुलना गर्न मिल्दैन । त्यस्ता फिल्ममा काम गर्ने न त कलाकार हुन्, न त निर्देशक नै । हो हामीले त्यस्ता समाजका विकृतीमुखी चलचित्रलाई निरुत्साहित गर्न सुट गर्नुपर्छ र हामी तयार छौ ।
शुट चलचित्रको नायक एवं नायिका को को छन् ?
हिरोईनमा सिन्धुलीकी चेली निता पोखरेल हुनुहुन्छ । नायकमा दिपक क्षेत्री,दिनेशगजं खत्री,सुरज भण्डारी हुनुहुन्छ ।
नवकलाकार पो हुनुहुदोरैछ हैन ?
उहाँहरु नव कलाकार हैन डेढ दशकदेखी रगँमञ्चमा काम गर्दै आईरहनुभएको हो । अभियन के हो उहाँहरुले वुझ्नुभएको छ ।
निर्देशकले त क्षमता भएका कलाकार भन्दा आफुनिकटलाई फिल्म खेलाउछन् भनिन्छनी ?
त्यस्तो हैन , मैले बकाईदाले वर्कशप गरेर कलाकार छनोट गरेको हु । मैले साचो भन्नै पर्छ नायिका निता पोखरेलाई चै मैले सिन्धुलीवासी भएकोले केहि मात्रामा प्राथमिकता दिएको हो । क्षमता देखेरै छनोट गरेको हो , त्यसमा कुनै दुईमत छैन । र सिन्धुलीका जो कोहि पनी चलचित्र पढेर,अध्ययन गरेर आउनुभएको छ भने उहाँहरुलाई मेरो तर्फवाट सधै प्रोत्साहन हुनेछ ।
यो चलचित्रमा एकजना नायिका अनि तिनजना नायक, कस्तो चलचित्र हो ?
मेरो सिनेमामा यतिउती नायक नायिका भन्दापनी कथा विषयवस्तुका आधारमा राखिएको हो । सवैको महत्व उत्तिकै महत्वपुर्ण छ ।
तपाई सिन्धुलीकै भएकोले पनी जिल्लामा शुट छायाँकन हुन्छ कि हुदैन ?
अरु चलचित्र छायाँकन गर्न दार्जलिङ,सिक्कीमसम्म जान्छन् तर म ति ठाउँहरु त सिन्धुलीमै देख्छु । फिल्मको छायाँकन पच्चिस प्रतिशत मात्र सकिएको छ । अव चाडै सिन्धुलीगढी दरवार क्षेत्र, विपी हाईवेको चियावारीदेखी सोलाभञ्जाङसम्म छायाँकन गर्ने योजनामा छु । किनपनी सिन्धुलीलाई प्राथमिकता दिन लागेको छौ भने सिन्धुलीको लोभलाग्दो वातावरणलाई कैद गर्न सक्यौभने अरु चलचित्रले पनी ठाउँ देख्नेछन् र चलचित्रको लागी उत्कृष्ठ ठाउँ रहेछ भन्ने थाहा पाउनेछन् ।
चलचित्रमा लगानी चै कति छ ?
सुट चलचित्रमा कथा विषयवस्तु स्कृप्ट,कलाकार, लगायत धेरै विषयवस्तुमा अध्ययन गरेर मेहनत गरेको छु । पैसामा अनुस्का खड्काले लगानी गर्नुभएको छ । लगानी ३५ देखी ४० लाखको हुनेछ ।
केहि छायाँकनका झलकहरु
सम्वन्धीत समाचार अष्लिल फिल्मको विरूद्धमा शुट
प्रस्तुती:एसवी गौतम,काठमाण्डौ ।
मचै खुसी भए, अव चै सिन्धुलीका पनी कलाकारीतामा अघि वढ्न थालेछन् । वधाई एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछु विश्वदिप जीलाई । आशा छ तपाईले निर्देशन गर्नुभएको चलचित्र उत्कृष्ठ हुनेछ । साथै मलाईपनी मन नपर्दे आएको कुरा के भने यो अश्लिल शव्द र वेडसिन राख्दैमा फिल्म चल्छ भन्ने होईन , फिल्मको विषयवस्तु राम्रो हुनुपर्छ ।
ReplyDeleteThanks Bishow ji once again.
विजय लामा,सिन्धुली, हाल युके ।
सिन्धुलीका अन्य धार्मिक एवं पर्यटकिय स्थानलाई पनी सकेसम्म फिल्ममा महत्वदिन पाए राम्रो हुनेथियो । के छ विचार ?
ReplyDelete