धादिङ्ग वस दुर्घटनामा एकै परिवारका ३ को मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/07/accident_17.html
सिन्धुलीका दिपक चौधरी अझै त्रिशुली नदिमा वेपत्ता
ऋषि राई,उदयपुर,साउन २ ।
कटारीवाट काठमाडौंका लागि छुटेको ना. २ .ख. ४९५१ नम्वरको वस सोमवार धादिङ्ग मा दुर्घटना हुँदा उदयपुर , त्रिवेणी , ६ , गुराँसे गाँउका एकै परिवारका ३ जना र अर्का १ गरी ४ को मृत्यु र १ जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा ३१ वर्षीय पृथ्वी माया विश्वकर्मा उनका ८ वर्षीय छोरी प्रतिक्षा र ३ वर्षिय अपाँग छोरी पुजा गरी एकै परिवारको ३ जनाको ज्यान गएको हो । अपाँग छोरीको उपचारका साथै विश्वकर्माका श्रीमान विदेशवाट आएकाले भेट्नका लागि काठमाडौं जाने क्रममा उनीहरुको मृत्यु भएको स्थानीयवासीहरुले वताएका छन् ।
त्यसैगरी गुराँसे गाँउकै २१ वर्षिय सुलेन्द्र साहको पनि ज्यान गएको छ भने विरवहादुर सुनुवार मंगलवार साँझ सम्म वेपत्ता छन् । एकै गाँउका ४ जनाको ज्यान जानुका साथै १ जना वेपत्ता भएपछि पुरै गाँउ नै शोकमा डुवेको स्थानीय ले वताएका छन् । मृतक हरुको मंगलवार पोष्टमार्टम सम्पन्न गरी वुधवार विहान सम्ममा शव घर ल्याउने तयारी भैरहेको पारीवारिक श्रोतले जनाएको छ ।
त्यसैगरी वेपत्ता सुनुवार का साथै कटारीका विपिन कोईराला एकीकृत नेकपा माओवादीका राज्य समिति सदस्य सिन्धुलीका दिपक चौधरी लगायतका केही ब्यक्तिहरु मंगलवार साँझ सम्म पनि नभेटिएको प्रहरीले जनाएको छ । त्यस्तै द्ुर्घटनामा ज्यान ग्ुमाएका कटारीका खोगवहाद्ुर धमला ,र रुकु मगर र लिम्पाटारका निकिल श्रेष्ठ को मंगलवार , कटारीमा शव ल्याई पुर्याई दाह संस्कार गरीएको छ ।
सोमवार विहान दुर्घटना को खवर आउना साथ कटारीवाट समेत उद्धारका लागि विभिन्न व्यक्ति हरुको टोली घटनास्थल तर्फ गएका थिए । सोमवार विहान त्रिशुली नदीमा वस खस्दा १७ जनाको ज्यान गएको थियो भने १५ जना घाईते भएका थिए । दुर्घटनामा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो त्यस्तै ४ जनाको उपचारका क्रममा ज्यान गएको हो भने ७ जनाको शव प्रहरीले नदीमा डुविरहेको वस वाट वाहिर निकालेको थियो । दुर्घटनाका १४ घाईते हरुको काठमाडौंको विभिन्न अस्पत्तालहरुमा उपचार भैरहेको छ । बसमा ५२ जनाभन्दा बढी यात्रु रहेको घाइतेहरुले बताएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !