सवारी दुर्घटनामा सिन्धुलीमा ४९ को मृत्यु


पोष्टराज पहाडी,सिन्धुली,साउन ३ । 
सिन्धुली जिल्लामा  गत आर्थिक वर्ष २०६८/०६९ मा विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि ४९ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन् । गत आर्थिक वर्ष २०६८/०६९ मा जिल्लाको १३ स्थानमा सवारी दुर्घटना भएको र जसमा ज्यान गुमाउनेको संख्या ४९ र घाइते हुनेको संख्या ६४ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कले जनाएको छ । 
सिन्धुली जिल्लामा गत आर्थीक वर्षभित्र हालसम्मकै नेपालकै सबैभन्दा ठूलो सवारी दुर्घटना समेत भएको थियो । जसमा ४१ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । सो दुर्घटना सिन्धुलीको पूरानो झाँगाझोली –४ मा २०६८ साल असोज २५ गते दशै मानेर सिन्धुलीबाट काठमान्डौँ तर्फ फर्किएका यात्रु रहेका थिए । ना. ३ ख. ९४१२ नम्बरको वस धेरै यात्रु तथा अप्ठेरो बाटोका कारण दुर्घटना भएको थियो । 
प्रहरीको तथ्याङ्कको आधारमा २०६८ साउन १८ गते रानिचुरी–१ फिटीङमा भएको ना २ ख २५८८ नम्बरको बस दुर्घटनामा परि १ महिलाको ज्यान जानुका साथै २० जना घाइते भएका थिए । यस्तै २०६८ असोज १ गते भएको ज १ त ३९९९ नम्बरको ट्रयाक्टर भिमेश्वर गाऊ विकास समिती स्थित विपी राजमार्गमा दुर्घटना हुँदा १ जनाको मृत्यु र ४ जना घाइते भएका थिए । यसैगरि  कमालामाई नगरपालीका –१० मा २०६८ असोज ४ गते ना ३ ख ९३१९ र ना ३ ख ८८०४ नम्बरको टिफर एक आपसमा जुध्दा २ जना घाइते भएका थिए भने कुशेश्वर दुम्जाको वडा नं. १ मा २०६८ असोज २८ गते भएको बा ६ च ७१७० नम्बरको पिकअप दुर्घटना हुँदा ७ जना घाइते भएका थिए । 
त्यसैगरि २०६८ असोज २० गते कमलामाई नगरपालीका –१२ मा बा ३८ प ६६०८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते बनेका थिए भने कमलामाई नगरपालीका ११ भिमान २०६८ मंसीरमा  को १० प ८०१ नंम्बरको मोटर साइकल र ज १ त ३००८ नंम्बरको ट्याक्टर एक आपसमा ठोकीदा १ जनाको मृत्यु र १ जना घाइते भएका थिए । प्रहरीको तथ्याङ्कका अनुसार २०६८ मंसिर २५ गते टाँडी गाऊ विकास समीतिमा भएको ज १ क ७७७७ नंम्बरको ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु  भएको थियो साथै २०६८ पुष २९ गते ना ३ त २८३८ नंम्बरको ट्याक्टर भिमेश्वर ४ पृथ्वी  नगरमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । 
यसैगरि ज १ त ९९१ नम्बरको ट्याक्टर २०६८ फागुन २५ गते कल्पवृक्ष –७ नक्कली खोलामा दुर्घटना हुँदा १ जनाको मृत्यु हुनका साथै १ जना घाइते भएका थिए तथा २०६८ फागुन २९ गते  कमलामाई नगरपालीका ३ मा बा ६ च ५२०४ नंम्बरको बलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका थिए । यस्तै २०६८ फागुन  २ गते कमलामाई नगरपालीका ११ मा बा ४९ प ४३९२ नंम्बरको मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गएको थियो भने २०६८ चैत्र १८ गते वस्तिपूर –५ मा भएको बा २ ख ४२६६ नंम्बरको मिनी ट्रक दुर्घटनामा पर्दा १ जनाको ज्यान गएको थियो ।      
प्रहरीको तथ्याङ्क अनुसार गत आर्थीक वर्षमा जिल्लामा १३ स्थानमा सवारी दुर्घटना भएको छ । जसमध्ये ९ स्थानको दुर्घटनामा परि मानिसको ज्यान गएको छ भने ४ स्थानमा भएको सवारी दुर्घटनामा मानिस घाइते मात्रै भएका छन् । तथ्याङ्कको आधरमा दुर्घटना ग्रस्त सवारी साधन मध्ये सबैभन्दा धेरै ट्याक्टर रहेको छ ।

सिन्धुलीमा भएको बस दुर्घटनामा ४१ को ज्यान गयो (तस्विरसहित)



Related

स्थानिय 1937850832585734552

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item