नेपाली फिल्म फेसबुकले पोस्टर चोर्यो

http://sindhulidarpan.blogspot.com/2012/07/facebook.html
काठमाडौ, साउन ३ । विदेशी चलचित्रबाट कथावस्तु कपी गरेको आरोप खेप्दै आएका नेपाली चलचित्रले हिजोआज पोस्टर पनि कपी गर्न थालेका छन् । यसरी पोस्टर चोर्नुलाई सामान्य रूपमा लिन्छन् निर्माता–निर्देशक । प्रदर्शनको क्रममा रहेको चलचित्र फेसबुकले पनि पोस्टर चोरी गरेको छ । यो चलचित्रको पोस्टर हलिउड चलचित्र गेमरसँग हुबहु मिल्छ ।

मलाई त्यसको पोस्टर राम्रो लाग्यो, त्यसैले आफ्नो चलचित्रमा पनि प्रयोग गरेँ ।’ पोस्टर चोरी गर्न पनि एकदमै गाह्रो भएको सुनाउँदै उनले यसबापत चलचित्रको पब्लिसिटी पनि राम्रो हुने विश्वास प्रकट गरे । उनले गेमरजस्तै फेसबुक पनि थ्रिलर चलचित्र रहेको सुनाए । ‘तर कथावस्तु चाहिँ पूरै फरक छ,’ उनले भने ।
कपी गरिएको उक्त पोस्टर अहिले इन्टरनेटमा मात्र सार्वजनिक गरिएको छ । ‘केही समयपछि दर्शकको चाहना बुझेर सबैतिर सार्वजनिक गर्नेछौँ’, निर्माता थापाले भने । सुरज सुब्बा ‘नाल्बो’ ले निर्देशन गरेको फेसबुकमा राजेश हमाल, झरना थापा, विल्सन विक्रम, स्वतन्त्रप्रताप शाह, सुवा थापालगायतले अभिनय गरेका छन् ।- साभार:सौर्य दैनिक
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !