सुन लुट्ने क्रममा राजधानीमा लुटेरा पक्राउ


काठमाण्डौ,साउन ३ । 

सुन पसल लुट्ने प्रयासमा रहेका दुई जना लुटेराहरूलाई आज बिहान प्रहरीले पक्रेको छ । राजधानीको गोगंबुमा रहेको म्याग्दी सुनचाँदी पसलमा लुटपाटको प्रयास गर्दा उनीहरूलाई प्रहरीले पक्रेको हो । पक्राउ पर्नेहरू भारतीय नागरिक भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं प्रवक्ता डीएसपी धिरजप्रताप सिंहका अनुसार रमेश ठाकुर र सन्जिन सिंह नामका दुईजना भारतीय नागरिक पक्राउ परेका हुन् । उनीहरूको साथबाट दुई थान पेस्तोल र आठ राउण्ड गोली पनि प्रहरीले बरामद गरेको हो । प्रहरीले पक्राउ पर्नेहरूलाई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Related

राष्ट्रिय 7960283925731541600

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item