रामेछापमा अझै ७३ प्रतिशत धान रोपाई गर्न बाँकी


उमा केसी, रामेछाप,साउन ३ । 

असार महिना सकिँदा पनि रामेछाप जिल्लामा अझै ७३ प्रतिशत क्षेत्रमा धान रोपाई हुन बाँकी छ । समयमा पानी नपरेपछि जिल्लामा जम्मा २७ प्रतिशात मात्र धान रोपाइ भएको छ । जिल्ला कृषि विकास कार्यालय रामेछापका अनुसार ५५ गाविसमध्ये कोसी फाटका केही खेतहरुमा मात्र रोपाई भएको छ । पोहोर सालको तुलनामा जिल्लामा यस बर्ष रोपाई कम भएको कृषि विकास कार्यालयका योजना अधिकृत विकास पौडेलले बताउनुभयो । कृषि विकास कार्यालय रामेछापका अनुसार जम्मा ९ हजार ४ सय ८ हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने गर्छ । 

 असार मसान्तसम्म सकिने यस क्षेत्रको धान रोपाई साउन सुरु भइसक्दासमेत सकिएको छैन । लामो खडेरीका कारण मनसुनी वर्षा ढिला सुरु र मल अभावका कारण यो वर्ष धान रोपाई सकिन अझै दुई तीन हप्ता लाग्ने जिल्ला कृर्षि विकास कार्यलय रामेछापले जनाएको छ । यस्तै मल अभाव र मनसुनी वर्षा ढिला सुरु हुदा जेठको अन्तिम साताबाटै सुरु हुने रोपाई असारको मध्यबाट मात्रै सुरु भएपछि यस वर्ष धान उत्पादनमा २५ प्रतिशत ह्रास आउने प्रारम्भिक अनुमान छ ।

Related

प्रमूखखबरहरु 5385480160174088292

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item