प्रधानमन्त्रीलाई गलहत्याएर निकाल्छौ:गजुरेल

http://sindhulidarpan.blogspot.com/2012/07/news_7766.html
काठमाण्डौ,साउन ३ ।
नेकपा–माओवादीका कार्यबाहक अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफै पद नछाडे आन्दोलनको आँधीबेहरीबाट गलहत्याएर बालुवाटार र सिंहदरवारबाट निकाल्ने चेतावनी दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा उहाँले आफूहरु आन्दोलनको तयारीमा रहेकोले तयारीपछि भिषण आन्दोलन गरेर स्वेच्छाचारी प्रधानमन्त्रीलाई आन्दोलनबाटै हटाउने ठोकुवा पनि गर्नुभयो । गजुरेलले भन्नुभयो, ‘प्रचण्ड र एमाले काग्रेसले नेतृत्व गरेको दुई मोर्चा छ, हामि अलग तेस्रो मोर्चा निर्माण गर्छौ । बाबुरामजीलाई हटाउने विषयमा काग्रेस र एमालेको मोर्चासँग सहकार्य गर्न सकिन्छ तर अरु विषयमा हाम्रो कुरा मिल्दैन ।’
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको पार्टीसँग एकता सम्भव नभएको स्पष्ट पार्दै प्रचण्डको भ्रमबाट मुक्त भएर धेरै नेता कार्यकर्ताहरु छिट्टै आफ्नो पार्टीमा आउने र त्यसपछि आफूहरुको पार्टी नै बलियो हुने दावी उहाँको थियो । पार्टी अध्यक्ष मोहन बैद्य किरणको चिन भ्रमण बाबुराम भट्टराईले गिारेको नेपाल र चीबीचको सम्बन्ध सुधार्न गएको भन्दै दुई पार्टीवीचको सम्बन्ध विस्तार, जनता जनतावीचको सम्बन्ध विकास र नाका विस्तारको विषयका विशेष रुपमा केन्द्रीत हुने जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !