सर्लाहीका युवाहरुलाई गाँउमै रोजगार

http://sindhulidarpan.blogspot.com/2012/07/news_7354.html
सुरेश बिडारी,सर्लाही,साउन ३ ।
गाँउमै गलैचा कारखाना सञ्चालन भएपछि परवानीपुर तल्लो देउरालीका युवायुवतीहरुले रोजगारी पाएका छन् । एक वर्ष अघि स्थापना भएको कारखानामा गरिब सुकुम्बासी तथा विपन्न तामाङ समुदायको बस्तीका २० जना युवायुवतीले नियमित काम गरिरहेका छन् ।
काठमाण्डुको दक्षिण ढोकामा रहेको एक गलैचा कारखानाले गाँउमै तान धाँगोलगायत गलैंचा बुन्न आवश्यक साधन उपलब्ध गराइदिएपछि काम गर्न सजिलो हुनुको साथै गाँउमै रोजगारी पनि पाएको उनीहरुले बताएका छन् । अन्य समयमा खेतीपाती घर व्यवहार गरेर बचेको फुर्सदको समयमा उनीहरुले गलैचा बुन्ने गरेका छन् । गलैंचा बुनेर मासिक ७ देखि १० हजारसम्म आम्दनी भैरहेको ममता तामाङले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !