विहेकै दिन वच्चा जन्मिदा...

http://sindhulidarpan.blogspot.com/2012/07/i_4617.html
- फ्रान्समा एक महिलाले आफ्नो विवाह समारोहमा नै बच्चा जन्माएकी छिन् । स्थानीय मेयरका अनुसार ती महिलाले आइतबार विवाह गरेको केही मिनेटमा नै बच्चा जन्माएकी हुन् ।
चिकित्सकहरुले भने उनको डेभिभरी डेट १४ तारिखको दिएका थिए । तर, विवाहको दिन नै उनलाई सुत्केरी व्यथाले च्यापेको थियो ।
वेहुलीलाई नै सुत्केरी व्यथाले च्यापेपछि विवाह स्थगित गर्नेबारे छलफल समेत नभएइको हैन । तर, विवाह प्रक्रिया अघि बढाउन निर्णय गरिएको थियो । वेहीली विवाहको तयारीका कारण निकै थोकेकी थिइन ।
विवाहपछि उक्त दम्पत्ति तस्वीर खिचाउन बाहिर निस्कदै थिए, वेहुलीलाई सुत्केरी व्यथाले च्याप्यो । उनलाई हतार हतार हलमा लगियो र आपत्तकालिन सेवामा खबर गरियो । त्यसको केहीबेरमा नै उनले बच्चालाई जन्म दिइन् । अहिले आमा र बच्चा दुबैको स्वास्थ्य ठिक रहेको बताइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !