३ हेक्टर क्षेत्रफलमा वृक्षारोपण

पोष्टराज पहाडी,सिन्धुली,असार २८ । कमला सामुदायीक बन उपभोक्ता समूहले आफ्नो बनको ३ हेक्टर क्षेत्रफलमा बुधबार वृक्षारोपण गरेको छ । समूहको कुल आम्दानीको २५ प्रतिशत बन व्यवस्थापनमा छुट्याउने नियमावलि अनुसार वृक्षारोपण गरिएको समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सो रकम मध्येबाट अग्नि नियन्त्रण तथा झ्याडी सफाई गरिसकेको छ । 

समूहले कमलामाई नगरपालिका ४ को ऐसेलू जंगारमा रहेको आफ्नो बन क्षेत्रमा वृक्षारोपण गरेको हो । सो क्षेत्रमा बाँस तथा अम्रिसोको विरुवाहरु रोपीएको छ । जिल्लाको सदरमुकाममा रहेको सो बनक्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने आफ्नो समूहको उदेश्य रहेको श्रेष्ठको भनाई छ । 

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला सामुदायीक बन उपभोक्ता महासंघ सिन्धुलीका अध्यक्ष कुष्ण कुमार श्रेष्ठले एका दुई सामुदायिक बनले नियमलाई मिचेर गल्ति गरेर समग्र जिल्लाका ४ सय २६ बटै समूह मुछिएको चिन्ता व्यक्त गर्नुभयो । उहाँले गल्ति गर्ने समूहहरुलाई कानुनी कार्वाहि गर्नुपर्ने बताउनुभयो ।  सोे अवसरमा जिल्ला बन कार्यालय सिन्धुलीका प्रतिनीधि, शिद्धेश्वर रेन्जपोष्टका प्रतिनिधी, समूहका सदस्य तथा पत्रकार हरुको उपस्थिति रहेको थियो ।  

Related

विविध 1015133215941216979

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item