फेसवुकले २० वर्षपछि मिलन गरायो

राजविराज,असार २८ । सप्तरी रूपनगरबाट २० वर्षदेखि बेखबर एक युवक सामाजिक सञ्जाल फेसबुकका माध्यमबाट भेटिएका छन् । ०४७ देखि राजविराजबाट बेपत्ता भएका ३७ वर्षीय रामहरि पोख्रेल फेसबुकका माध्यमबाट घर आइपुगेपछि राधाप्रसाद पोख्रेलको परिवारमा खुसी छाएको छ । ‘आशा मारेका थियौँ,’ ७७ वर्षीय बाबु राधाप्रसादले भने, ‘२० वर्षपछि छोरा आउँदा गाउँलेसमेत खुसी भएर हेर्न आए ।’

‘खोजखबर गर्दा फेला नपरेपछि माया मारेका थियौँ,’ स्थानीय अनिल पोख्रेलले भने, ‘फेसबुकमा उनको हुलिया फेला पारेर लिन जाँदा फेला पार्‍यौँ ।’ राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा बिएल पढ्दै गरेका पोखरेल ०४७ सालदेखि बेपत्ता थिए । तीन व्यक्तिले नसालु पदार्थ सुघाएर बेहोस बनाई गाडीमा हालेर लगेको पोखरेलले सुनाए । ‘१६ वर्षसम्म कहाँ थिएँ, आफैँलाई थाहा भएन,’ उनले भने, ‘एक दिन अचानक लडेर टाउको ठोक्किएपछि घरपरिवारको याद आयो ।’ त्यतिखेर उनी भारत हिमाञ्चलस्थित एक ढावा होटलमा काम गरिरहेका थिए ।

त्यसपछि हरियाणा पुगेका पोखरेलले आफू बसेको ठाउँ, पढेको स्कुल, साथी, परिवार सबैको सम्झना आएको सुनाए । सोही स्थानका बासिन्दाको सल्लाहअनुसार सबै विवरण फेसबुकमा उल्लेख गरेपछि उनका दाजु कैलाश भाइलाई लिन हरियाणा पुगेका थिए । फेसबुकमा उल्लेख भएको विवरण स्थानीय छोरी रञ्जना पोखरेलले पढेर परिवारलाई जानकारी गराएकी थिइन् ।

Related

प्रविधि 7187366002647545815

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item