त्रिवि प्राध्यापकहरुको आन्दोलन

काठमाण्डौ,असार २८ । 

त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुले आज देशैभरका आंगिक कलेज र अनुसन्धान केन्द्र को पठन पाठन बन्द गराएका छन् । त्रिवि प्राध्यापक संघको केन्द्रिय समिति बैकले आज र भोलि कलेज तथा केन्द्र बन्द गराउने निर्णय गरेको हो । देस भरका ६० आंगिक  र चार अनुसन्धान केन्द्र बन्द हुँदा डेढ लाख भन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित हुने भएको छ ।

 एक वर्षदेखि बढेको तलव र पोसाक भत्ता नदिएको भन्दै २२ सुत्रिय माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।  आफूहरुले पटक पटक सम्वन्धित निकायलाई भन्दा पनि सुनुवाइ नभएकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको नेपल प्रगतिशिल प्राध्यापक संगठनका महासचिव यादवप्रकाश लामिछानेले बताउनुभयो । सरकारले उचित पहलन नगरे थप आन्दोलनका कार्यक्रम गर्ने पनि लामिछानेले चेतावनी दिनभयो ।

Related

राष्ट्रिय 3751704255186087234

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item