गायक अविनाश घिसिङका १० फ्यान

http://sindhulidarpan.blogspot.com/2012/07/i_9086.html
गरिसकेका छन् । नेपालका कन्सर्टमा अविनाश जति व्यस्त छन्, विदेशका कन्सर्टमा पनि उनको त्यति नै माग छ । कन्सर्टकै दौरानमा उनले हजारौँ आफ्ना समर्थक भेटेका छन्, सामाजिक सञ्जालमा पनि उनका प्रशंसक त्यति नै मात्रामा छन् । अविनाशले भेटेका हजारौँ फ्यानमध्ये को-को उनको सम्झनामा छन् त ? उनकै शब्दमा :
फ्यान नं. १
०५८ सालतिर ॐ मेगा स्टुडियोमा मेरो नाममा चिठी आयो । चिठी फ्यानको रहेछ । त्यतिवेला मेरो पहिलो एल्बम च्याङ्बा निस्किसकेको केही समय मात्रै भएको थियो । लामा थरकी ती फ्यानको नामचाहिँ मैले ठ्याक्कै बिर्सिएँ, उनी मेरो पहिली फ्यान थिइन् । 'गीत राम्रो लाग्यो, भेट्ने मन थियो,' उनले लेखेकी थिइन् । तीन-चारचोटि चिठी आदानप्रदान भएपछि उनले फोटो पठाइन् । उनी सामान्य लाग्थिन् तर हाम्रो भेट भने भएन । एक वर्षसम्म निरन्तर हामीले चिठीमा कुरा गर्र्यौं । पछि उनी हराइन् । उनको चिठी र फोटो भने अझै मसँग सुरक्षित नै छ ।
फ्यान नं. २
केही वर्षअघि स्पेनमा भेटिएकी थिइन् जुना गुरुङ । उनी स्पेनमै हुर्किएकी नेपाली रहिछन् । बार्सिलोनाको कन्सर्टपछि गायक मिङ्मा शेर्पासँग बसिरहेको थिएँ । त्यही वेला दुई केटासाथीसँग उनी आइन् र सीधै मसँग कुरा गर्न थालिन् । 'म त्यति नेपाली गीत सुन्दिनँ र नेपाली गायकहरू पनि चिन्दिनँ तर तपाईंचाहिँ मैले सुनिरहेको र हेरिरहेको गायक हो,' भन्दै आफ्नो सम्पर्क नम्बर दिइन् । विदेशका कन्सर्टमा त्यस्ता फ्यान धेरै नै भेटेको थिएँ । तर, किन हो किन उनीसँग मलाई नजिकिन मन लाग्यो । भोलिपल्ट फोनमा सम्पर्क गरेँ, उनले मलाई आफ्नो अपार्टमेन्टमा समेत लगिन् । म फर्किएपछि उनी मलाई भेट्नकै लागि नेपाल आइपुगिन् । बिहेको प्रस्ताव राखिन् तर मैले स्विकारिनँ । त्यसपछि उनी फर्किइन् । अहिले पनि उनीसँग फोनमा, म्यासेजमा कुराचाहिँ भइरहन्छ ।
फ्यान नं. ३
मोरङकी अनिता राईसँग कुराकानी नभएको आठ वर्ष भयो । तर, उनी मेरो सम्झनामा भने सधैँ नै रहिरहनेछिन् । मेरो दुईवटा सांगीतिक एल्बम मात्र निस्केको थियो । उनी मेरा गीत सुनेर इमेलमार्फत् कमेन्ट गर्थिन् । हप्तामा तीन-चारपटक इमेल पठाउँथिन् । संगीतबाहेक अरू धेरै विषयमा कुरा हुन्थे । उनीसँग पनि कहिल्यै भेट भएन । भेट्ने इच्छा त दुवैको थियो तर समय अनुकूल भएन । उनलाई मैले फोटोमा देखेको हुँ । वेलावेला रंगीन फोटो खिचेर इमेल गर्थिन् । अझै याद छ मलाई, सेतो सर्ट, नीलो जिन्स र बेल्ट लगाएको त्यो फोटोमा उनी निकै आकर्षक देखिएकी थिइन् । उनी मेरो आफन्तकहाँ फोन गर्थिन् । म पनि उनलाई फोन गरिरहन्थेँ । तर, एक्कासि उनी हराइन् ।
फ्यान नं. ४
आकर्षक हाइट भएकी हल्का मोटी, कपाल पनि थोरै छोटो भएकी पोखराकी रेणु खड्का मलाई बारम्बार फोन गरिरहन्थिन् । धेरै नबोल्ने, लजालु तर फोनचाहिँ गरिराख्नुपर्ने स्वभाव थियो उनको । फोनमार्फत सम्पर्कमा आएकी उनलाई मैले पोखराको कन्सर्टमा भेटेको थिएँ । साथीसँग आएकी थिइन् उनी । करिब आधा घन्टा बस्दा उनकी साथीले मसँग धेरैबेर कुरा गरिन् तर उनीचाहिँ लजाएरै मात्र बसिन् । पछि उनी र म मात्रै पनि भेट्यौँ । केही वर्षदेखि उनी पनि सम्पर्कमा थिइनन् । तर, भर्खरै उनले मलाई फेसबुकमा म्यासेज पठाएकी थिइन्, उनी विवाहित भइसकिछन् । अहिले हामी फेसबुकमा कुरा साट्छौँ ।
फ्यान नं. ५
मोरङ पथ्रीकी गीता राई नि मैले सम्भिmने फ्यानमध्ये एक हुन् । उनी पिसिओबाट मलाई मोबाइलमा फोन गर्थिन् । 'तपाईं मनपर्छ,' उनी भन्थिन् । उनको त्यो भनाइलाई म मेरो संगीतको फ्यानको अभिव्यक्तिका रूपमा मात्र लिन्थेँ । धेरै नै फोन गर्थिन् उनी । विराटनगरको कन्सर्टमा मैले गाउने सुनेर उनी पनि आएकी थिइन्, त्यहीँ नै भेट भएको थियो उनीसँग । पातली, थोरै मोडर्न उनी साथीसँग आएकी थिइन्, टिसर्ट गिफ्ट लिएर । धेरै नै ठाउँमा मैले गिफ्ट पाएको छु तर उनले दिएको टिसर्ट मैले लामो समय लगाएँ ।
फ्यान नं. ६
तीन वर्षअघि जर्मनीमा ल्हामु शेर्पालाई भेटेँ । उनको बुबा, दाइसँग मेरो चिनजान थियो । सायद मेरो नम्बर बाबाबाटै पाइन् होला, म्यासेज गरिरहन्थिन् । म्यासेजबाट उनले धेरै कुरा एक्सपोज गरेकी थिइन् । तर, भेटेमा केही बोल्दिनथिन् । एक दिन उनीसँगै ट्रेनमा यात्रा गरियो, उनकी साथी पनि सँगै थिइन् । 'तपाईंप्रति फिदा छे, प्रपोज गर्छु भन्छे,' उनकी साथी मलाई सुनाउँथिन् । उनी सोझी थिइन् । उनका आँखाले पनि धेरै कुरा भन्न खोजिरहेका भान गराउँथ्यो । मैले वास्ता गरिनँ । तर, उनी मलाई मनचाहिँ पथ्र्यो । अहिले पनि फोनमा कुरा भइरहन्छ । यसो सोच्छु- कस्ती भई होलिन् उनी ।
फ्यान नं. ७
इमेलमार्फत सम्पर्कमा आएकी थिइन् काठमाडौँ सामाखुसीकी सजना बराल -पछि मात्र थाहा भयो उनको घर ओखलढुंगा रहेछ) । तीन-चारचोटि भेट्यौँ पनि । पहिलो भेटमै मेरो र उनको फोटो राखेर बनाएको प|mेम गिफ्ट दिएकी थिइन् उनले । सर्ट र हाफ प्यान्टमा भेट्न आएकी उनी मोडर्न सोचाइकी लाग्थिन् । त्यतिवेला म अलि व्यस्त पनि थिएँ । उनका धेरै फोन मैले उठाइनँ । त्यही रिसको झोँकमा उनले एउटा साप्ताहिकमा मसँग सम्बन्ध जोडेर आफ्ना अनुभूति पोखिन् । मेराबारे हुँदै नभएको कुरासमेत जोडिन् । उनी मप्रति अति नै क्रेजी रहिछन्जस्तो लाग्यो । पाँच-छ दिनअघि मात्रै पनि उनले फोन गरेकी थिइन् । त्यो लेखको खण्डन गर्छु भन्दै थिइन् । मैले पर्दैन भनेँ ।
फ्यान नं. ८
नाम्चेकी फुरा शेर्पा मेरी यस्ती फ्यान हुन्, जसले त दुःख-सुखमा समेत साथ दिइरहेकी छिन् । फोनबाटै चिनजान भएकी उनलाई म अहिले नजिकको साथीका रूपमा पनि हेर्छु । मेरो क्यारिअरप्रति अति नै चिन्तित छिन् उनी । मलाई सुझाव पनि दिइरहन्छिन् । कतिपय अवस्थामा उनकै सहायता लिन्छु । पाँच वर्षअघि लक्ष्मीपूजाको दिन भेटेको थिएँ उनलाई । उनीसँग अहिले पनि भेट निरन्तर नै छ ।
फ्यान नं. ९
भक्तपुरको वीरेन्द्र सैनिक विद्यालयमा पढ्ने साजन विक होस्टलबाट निस्केपछि मलाई फोन गरिहाल्छन् । 'दाइ, म तपाईंको एकदमै ठूलो फ्यान हुँ,' फोनमा प्रायजसो उसले भन्ने शब्द नै यही हो । ऊसँग मेराबारे समाचारपत्रमा छापिएका हरेक समाचारका कटिङ छन् रे, मेरा सबै एल्बम पनि । उसले मात्र होइन, उसका साथीले पनि मलाई फोन गर्छन् र भन्छन्, 'म पनि तपाईंको फ्यान हुँ तर साजनजत्तिको चाहिँ होइन ।' उसलाई मैले एक्कासि भेटेँ, त्यो दिन म निकै नै खुसी भएँ ।
फ्यान नं. १०
सञ्चारकर्मी जस्मिन लामा मेरो अचम्मकी फ्यान थिइन् । उनीसँग म यत्ति नजिकिएँ कि, हामी प्रेममा नै पर्यौँ । म आफ्नो रियाज उनलाई सुनाउँथेँ र उनी कमेन्ट गर्थिन् । हामी यति नजिकिएका थियौँ कि उनी मेरो कोठामै आउँथिन् । आउनेबित्तिकै उनको पहिलो काम नै मेरो मोबाइल चेक गर्ने हुन्थ्यो, अरू फ्यानको म्यासेज देख्यो कि मोबाइल नै फालिदिन्थिन् । आफूबाहेक अरूसँग कुरा नै नगरोस् भन्ने चाहन्थिन् उनी । उनले मलाई बिहेको प्रस्ताव राखिन् । मैले उनको बिहेको प्रस्ताव तत्काल पूरा गर्न नसक्ने बताएपछि अन्तै बिहे गर्छु भनेर टाढिइन् ।
प्रस्तुति : प्रवीण बुढाथोकी/नयाँपत्रिका
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !