सरकारले बजेट बारे छलफल गर्दै

काठमाण्डौ,असार २८ । 
सरकारले बजेटका विषयमा आज निर्णय गर्ने भएको छ । विपक्षी दलहरुले एक तृतीयांशबाहेक कुनै पनि बजेट स्वीकार नगर्ने अडान राखिरहेका बेला सरकार पूर्ण बजेटबाट पछि हटेर विशेष बजेटको तयारीमा जुटेको छ । अहिले बिहान बस्ने मन्त्रिपरिषद्को बैठकबाट आगामी आर्थिक वर्ष २०६९/७० बजेटको आकार त्यसका कार्यक्रमका विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

 बैठकमा मङ्सिर ७ गतेका लागि घोषणा गरिएको संविधानसभाको निर्वाचन र त्यसका लागि आवश्यक कानुनका विषयमा पनि छलफल हुनेछ । निर्वाचन आयोगले साउन ७ गतेसम्ममा आवश्यक ऐनकानुन नल्याए मङ्सिर ७ मा चुनाव हुन नसक्ने बताउँदै आएको छ । यसैबीच बजेटका विषयमा अर्थमन्त्री वर्षमान पुनले आज बजेट निर्माणमा संलग्न अर्थमन्त्रालयका अधिकारीहरुसँग छुट्टै छलफल गर्ने कार्यक्रम छ ।


Related

प्रमूखखबरहरु 776401141993749820

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item