भारतीय स्थलसेना अध्यक्ष मुस्ताङ जाँदै

http://sindhulidarpan.blogspot.com/2012/07/i_5457.html
काठमाण्डौ,असार २८ ।
नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष जनरल विक्रम सिंह आज मुस्ताङ जाँदै हुनुहुन्छ । मुस्ताङमा रहेको सैनिक शिक्षालयको अवलोकनका लागि भारतीय सेनाध्यक्ष सिंह मुस्ताङ जान लाग्नुभएको छ । उहाँले मुस्ताङपछि लुम्बिनीको पनि भ्रमण गर्नुहुने कार्यक्रम छ । पाँच दिने भ्रमणका सिलसिलामा अस्ति काठमाण्डु आउनुभएका सिंहले हिजो राष्ट्रपति डा. रामवरण यादवबाट मानार्थ महारथीको पद्वी ग्रहण गर्नुभएको थियो । हिजै प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगको भेटमा नेपालमा रोकिएको सैन्य सहायता सुरु गर्ने विषयमा पनि छलफल भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !