ज्ञानेन्द्र सपरिवार युरोपतिर


काठमाडौं, असार ३१  । गणतन्त्र कार्यान्वयनपछि पूर्वराजा ज्ञानेन्द्र शाह पहिलोपटक परिवारको जम्बो टोली लिएर भारतबाहेक तेस्रो मुलुक फ्रान्स जाँदै छन् । यसअघि पटक–पटक छिमेकी मुलुक भारतको भ्रमण गरिसकेका पूर्वराजा शाह सोमबार सपरिवार फ्रान्स भ्रमणमा जान लागेका हुन् ।

पूर्वराजा शाहको फ्रान्स भ्रमणमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, पूर्वअधिराजकुमारी प्रेरणा, एक नाति, एक नातिनी सँगै जाने भएका छन् । यसैगरी, पूर्वअधिराजकुमार धीरेन्द्रका छोरीहरू दिलाशा, पूजा र शीताष्मा पनि उनी सँगसँगै फ्रान्स जाँदै छन् । यसअघि गत वर्ष मंसिरमा पूर्वरानी कोमल र पूर्वराजकुमारी प्रेरणा सिंगापुर भ्रमणमा गएका थिए । 

त्यसबेला सिंगापुरमा प्रेरणाले शल्यक्रिया गरी आºनो शरीरबाट १० किलो बोसो झिकेकी थिइन् । त्यसबेला पूर्वराजा सिंगापुर जाने कार्यक्रम अकस्मात् रद्द भएको थियो । पूर्वराजाका स्वकीय सचिव सागर तिमिल्सिना र पूर्वराजा र पूर्वरानीका अंगरक्षक पनि भ्रमणमा सँगसँगै हुनेछन् । पूर्वराजा शाह सपरिवार फ्रान्स गएपछि निर्मलनिवास रित्तो हुने भएको छ । पूर्वयुवराज पारस गत भदौदेखि थाइल्यान्डको बैंककमा छन् ।


Related

राष्ट्रिय 5091175389331660407

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item